केबलकारमा तीन घन्टासम्म अड्किएपछि …

70

भारतको हिमाञ्चल प्रदेशको परवानूमा केबलकारमा तीन घन्टासम्म अड्किएका ११ जनाको सकुशल उद्धार भएको छ।  भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोमबार दिउँसो प्राविधिक समस्याका कारण केबलकार बाटोमा अड्किँदा ११ जना पर्यटक फसेका थिए।

ट्रली परिचालन गरेर सबैको उद्धार गरिएको सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।उद्धार गरिएका सबै पर्यटकहरु सकुशल रहेको सुरक्षाकर्मीले जानकारी दिएका छन्।

केबलकारमा अड्किएका सबै जना नयाँ दिल्लीका हुन्।टिम्बर ट्रेल रिसोर्टका प्राविधिक टोलीहरू उद्धारमा परिचालन गरिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here