काठमाडाैं । पछिल्लो २४ घन्टामा देशभर थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार ३१ जनामा संक्रमण पुष्टि भएको हो।
२ हजार ४२५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ५७५ जनाको पिसिआर र ८५० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर १४२ जना सक्रिय संक्रमित छन्।
१० जना संक्रमित निको समेत भएका छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य छ।

















