फुल झै कोमल तिमी सार्वजनिक

101

काठमाडाैं । लामो समयदेखि सञ्चार तथा गायन संगीतमा अनवरत रुपमा लागि परेका गायक सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा फुल झै कोमल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको शब्द रहेको गीतमा नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाज सजिएको छ ।

गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।  नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको रहेको छ ।  भिडियो गीतकार रोशन भट्टराईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सुमन कुमार श्रेष्ठको निर्देशनमा गीतकार रोशन भट्टराईको फुल झै कोमल तिमी सार्वजनिक  लामो समयदेखि सञ्चार तथा गायन संगीतमा अनवरत रुपमा लागि परेका गायक सञ्चारकर्मी सुमन कुमार श्रेष्ठको निर्देशनमा फुल झै कोमल बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वि.स. २०६२ सालदेखि निरन्तर गीत लेखनमा सक्रिय गीतकार रोशन भट्टराईको शब्द रहेको गीतमा नेपाली सांगितिक क्षेत्रमा मुख्यत: रोमान्टिक गायक, गजल सम्राटका रुपमा आफ्नो पहिचान बनाएका वरिष्ठ गायक आनन्द कार्कीको सुमधुर आवाज सजिएको छ ।

गीतमा वरिष्ठ संगीतकार तारा प्रकाश लिम्बु र युमेशले संगीत भरेका छन भने संगीत संयोजन फणिन्द्र राईको रहेको छ ।  नायिका नम्रता सापकोटा र मोडेल कमल सिंहको भरपुर रोमान्स तथा दमदार अभिनय रहेको भिडियोमा वरिष्ठ सिनेम्याटोग्राफर राजु केसिको छांयाकन, निराजन केसिको सम्पादन तथा मेकअप वरिष्ठ मेकअप आर्टिष्ट अशोक रोक्काको रहेको छ ।  भिडियो गीतकार रोशन भट्टराईको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here