प्रधानमन्त्री देउवाद्वारा बिजुक्छेलाई समवेदना प्रकट

99

भक्तपुर । पत्नी शोकमा पर्नुभएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर समवेदना दिँदै दुःख व्यक्त गर्नुभएको छ।

बिजुक्छेलाई प्रधानमन्त्री देउवाले आज फोन गरेर समवेदना प्रकट गर्नुभएको हो।

बिजुक्छेकी पत्नी शोभा प्रधानको क्यान्सर रोगको उपचारका क्रममा ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर रोग निवारण संस्थामा बुधबार निधन भएको थियो।  रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here