अवैध लागूऔषध हेरोइन सहित पक्राउ

68

काठमाडौं । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उपत्यका तथा वरपरका एरियामा सञ्चालन गरेको निग्रानीको क्रममा ४ किलो ९ सय ग्राम अवैध लागूऔषध हेरोइन सहित राहदानी नम्बर टिएई ११५९४३ बाहक तान्जानियन नागरिक ३० वर्षीय अब्दुल्लाह अबूलिकी समेत ४ जनालाई असार २ गते पक्राउ गरेको छ ।

निग्रागीको क्रममा अबूलिकीको गतिविधि शंकास्पद देखिएपछि जाँच गर्दा सुटकेसभित्र फल्सबटम बनाई लुकाई राखेको उक्त हेरोइन सहित काठमाडौं महानगरपालिका-६ बौद्धस्थित एक होटलबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी फ्लाई दुबईको उडानद्वारा साउथ अफ्रिका, दुबई हुँदै काठमाडौं आएका थिए । साथै उक्त लागूऔषध लिन आएका भारत हरियाना साप्ला तसिलगान्दा ठेगाना भएका ४६ वर्षीय मुनिम सिंह, सोही ठाउँ ठेगाना भएका ४३ वर्षीय बिक्रमजित सिंह र पर्सा
वीरगंज महानगरपालिका-१३ ठेगाना भएका ३० वर्षीय बिक्की रौनियारलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-२७ स्थित सडक किनाराबाट १९ ग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा कमल गाउँपालिका-४ ठेगाना भएका अनुप बराईली भन्ने ३६ वर्षीय होम बहादुर विश्वकर्मा र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ ठेगाना भएका
२४ वर्षीय रोशन फुँयाल रहेका छन् । अनुसन्धानको क्रममा होम बहादुर बस्दै आएको काठमाडौं महानगरपालिका-७ स्थित होटल थ्री डिको १०१ नम्बरको कोठाबाट थप ५२ ग्राम खैरो हेरोइन, ४३ ग्राम ५ सय मिलीग्राम लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु, नगद १ लाख रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरु उपर लागूऔषध मुद्दामा म्याद थप अनुमति प्राप्त गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here