काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कोभिड–१९ का १५ संक्रमित थपिएका छन् । काठमाडौंमा १० र भक्तपुरमा पाँच संक्रमित थपिएका हुन् । हाल काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १०८ छ ।
हाल देशभर कोरोनाका सक्रिय संक्रमतिको संख्या १९२ छ । तीमध्ये १८६ होम आइसोलेसनमा र ६ जना अस्पतालको आइसोलेसन छन् । ६ मध्ये तीनजना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जनाएको छ ।

















