पछिल्लो २४ घण्टामा ४१ जना नयाँ संक्रमित थपिए

96

facebook sharing button

काठमाडौं । पछिल्ला दिनहरुमा कोरोना भाइरसको संक्रमण फेरि तीव्ररुपमा बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको तथ्यांक अनुसा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ४१ जना नयाँ संक्रमित थपिएका छन् ।

२३३७ पीसीआर र १०२१ एन्टिजेन विधिबाट गरिएका नमूनाको परीक्षणमा पीसीआरबाट २६ र एन्टिजेनबाट ५ जनामा संक्रमण पुष्टि भएको हो ।

कुल ३ हजार ३ सय ५८ जनाको नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका अनुसार हाल तीन जना संक्रमितको आईसीयूमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here