आज नेप्से परिसूचक ११.८२ अङ्ककाे गिरावट 

73

 

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक मङ्गलबार पनि गिरावट आएको छ । साताको पहिलो कारोबारको दिन आइतबार उच्च अङ्कले बढेको नेप्से दोस्रो कारोबारबाट गिरावट भएसँगै तेस्रो कारोबारको दिनपनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ११.८२ अङ्कले गिरावट आएर १९२१.३१ बिन्दुमा झरेको छ ।

त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अङ्कले घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अङ्कले घटेको छ । कारोबारमा आएका २३० कम्पनीको ३० लाख ३७ हजार ६३० कित्ता शेयर एक अर्ब पाँच करोड ८२ लाख २४ हजार ४७२ रुपियाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

सोमबारको तुलनामा मङ्गलबार नेप्सेसँगै कारोवार रकमसमेत गिरावट आएको छ । सोमबार दुई अर्ब चार करोड ४८ लाख ३१ हजार रुपियाँ बराबरको खरिदबिक्री भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये दुई वटा उपसमूहको सूचक वृद्धि भएको छ भने बाँकी ११ उपसमूहको सूचक गिरावट भएको छ ।

जसमा जीवन बीमा १.०३ प्रतिशत र वाणिज्य बैंकको सूचकमा ०.०२ प्रतिशतले वृद्धि भएको छ । बाँकी ११ वटा उपसमूहको सूचक १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

नेप्से परिसूचकमा गिरावट आएपनि सीवाईसी लघुवित्तको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बाँकी सबै कम्पनीहरुका शेयरधनीले शेयर मूल्य गुमाएका छन् । कारोबारको आधारमा सर्वाधिक कारोबारमा एशियन लाइफ इन्स्योरेन्सले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here