काठमाडौंले हैजाबारे जानकारी दिन हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्यायाे

77

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकाका विभिन्न स्थानमा हैजाका बिरामी भेटिएपछि सर्वसाधारणमा त्रास बढेको छ।यसैबीच हैजाबारे जानकारी दिनका लागि काठमाडौं महानगरपालिकाले हटलाइन टेलिफोन सेवा सञ्चालनमा ल्याएको छ। हटलाइन टेलिफोन सेवा चौविसै घण्टा सञ्चालनमा रहने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन्। ११८० मा फोन गरेर हैजाबारे जानकारी लिन सकिने उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाले आजदेखि हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छौँ। ११८० मा फोन गरेर आवश्यक जानकारी लिन सकिने छ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौंमा १२ जनामा हैजा पुष्टि भइसकेको छ। त्यसमध्ये ८ जना निको भएर घर फर्किसकेका र बाँकीको उपचार भइरहेको महाशाखाले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here