काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १८ सय ५२ जनाको पीसीआर परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो। त्यसैगरी ९४६ जनाको एन्टीजेन परीक्षण गर्दा थप ६ जनामा संक्रमण देखिएको छ।
२४ घण्टामा १७ जना डिस्चार्ज भएका छन् भने मृत्युदर शून्य रहेको छ। अहिले देशभर २२९ जना सक्रिय संक्रमित छन्। पछिल्ला दिन दैनिक संक्रमण बढ्दै गएको छ।

















