नाइजेरियाको सडक दुर्घटनामा पाँच जनाको मृत्यु

99

अबुजा, असार १६ गते । नाइजेरियाको दक्षिणपश्चिम क्षेत्रमा तीन राज्य जोड्ने लागोस–इबादान राजमार्गमा बुधबार बसमा अचानक आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य नौ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ ।

दक्षिणी राज्य ओगुनमा रहेको फेडरल रोड सेफ्टी कोर्प्स (एफआरएससी) का कमाण्डर अहमद उमरले बताएअनुसार राजमार्गको ओगुन करिडोरको छेउमा रहेको ओगेरेमा आगलागी हुँदा सो दुर्घटना भएको हो ।

मृतक पाँचजनामा कोही जलेका छन् भने घाइतेहरूमध्ये केहीमा विभिन्न चोटपटक लागेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here