काठमाडौंमा १६ लाख ९९ हजार ३९९ रुपियाँ ७७ पैसा बिगो दाबी गर्दै मुद्दा दायर

139

काठमाडौं । भ्रष्टाचारको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको छ। सडक निर्माणमा अनियममितता गरेको भन्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा १६ लाख ९९ हजार ३९९ रुपियाँ ७७ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो।

बागलुङको कोठेखोला गाउँपालिकास्थित नालढुङ्गा (घुँडेखोला) खानेपानी आयोजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरेकाले सडक मर्मत आयोजनामा अनियमितता गरेको भन्दै  मुद्दा दायर गरेको हो।

कोठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विक, सव-इञ्जिनियर नवीन थापा, असिस्टेन्ट सवइञ्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेल, श्री सेभेन स्टेट बिल्डर्स, बाग्लुङ्गका प्रोपाइटर दिपेन्द्रबहादुर खड्का, सोही कन्ट्रक्सनका प्रतिनिधि तथा कोठेखोला कन्ट्रक्सनका प्रोपाइटर टंक बहादुर कुँवर, खुसु निर्माण सेवाका प्रोपाराइटर सूर्य बहादुर भण्डारी र गणेशबहादुर भण्डारी छन्।

सम्झौतामा उल्लेख भएबमोजिम काम नगरी झुट्टा बिल भरपाइ बनाएर गलत मूल्याङ्कनमा गरेको भन्दै मुद्दा दायर भएको हो। उनीहरुमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कैद सजाय तथा बिगो बमोजिम जरिवाना हुने आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here