कुवेतविरूद्वकाे खेलमा गाेलकाे खडेरी ताेडेका दर्शन गुरुङ अष्ट्रेलियामा जान बाध्य

213

काठमाडाैं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड दर्शन गुरुङ अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

दर्शन आइतबार अष्ट्रेलिया प्रस्थान गरेका हुन् । गत जुनमा कुवेतमा भएको एएफसी एसियन कप छनोटको खेलका लागि २३ सदस्यीय टोलीमा थिए । दर्शन कुवेत विरुद्ध ४० वर्षपछि नेपालका तर्फबाट गोल गर्ने खेलाडी हुन् ।

उनले गत महिना एसियन कपको छनोटमा कुवेत विरुद्ध गोल गर्न सफल भएका थियो ।  दर्शनसँगै सन्तोष तामाङ पनि अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

सन्तोषले २०७५ चैत ७ गते कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यू गरेका थिए । दर्शनले २०७७ कार्तिक २८ गते बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका थिए । यसअघि पनि नेपाली खेलाडीहरु धेरै अष्ट्रेलिया गएका छन् । राष्ट्रिय टोलीका सदस्य सुमन लामा र आशिष लामा अष्ट्रेलिया गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here