काठमाडाैं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गरहेको बताएका छ्न ।
वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गएिको विषयमा जानकारी दिँदै उनले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशबाटै सामानको मूल्य बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्र भन्दा बाहिर रहेको जनाए।
उनले पेट्रोलिय पदार्थको एक वर्षमा १०४ प्रतिशत मूल्यवृद्धि भएकाले वस्तुको मूल्यवृद्धि भएको बताए । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशव्यापी बजार अनुगमन गर्ने जनाएअनुसार १७ असारमा एकसाथ, एक समय, देशैभर बजार अनुगमन गरिएको उनले जनाए ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग तथा मातहत कार्यालयहरुबाट एवम् तीन तहका सरकारका विभिन्न निकायबाट बजार अनुगमन भइरहेपनि अभियानकै रुपमा यस्तो अनुगमनको सुरुवात भएको उनले जानकारी दिए । आगामी दिनमा यस्तो अनुगमनको निरन्तरता रहने विभागले जनाएको छ ।


















