दुर्गम गाउँकाे आवाज बनेका प्रशान्त बाेहरा !

38

बझाङकाे सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बझाङको बुङ्गल नगरपालिका–७ डाडागाउँमा जन्मिएका प्रशान्त बोहराको जीवन कथा केवल व्यक्तिगत संघर्षको कथा मात्र होइन, यो गाउँ, अभाव र परिस्थितिसँग लड्दै आफ्नो छुट्टै  पहिचान बनाउन सफल भएकाे छ ।
विदेश पलायन भन्दा पनि स्वदेशम‌ै केही गर्नुपर्ने राष्ट्रप्रेमी उच्च भावनाका साथ आजकाल सामुदायिक रेडियो बुङ्गल एफ.एम. ९८.३ मेगाहर्जमा स्टेशन म्यानेजरको जिम्मेवारी सम्हालिरहेका बोहराको बाल्यकाल भने जंगलकै खर्कबाट सुरुवात भएको थियो।

उनकाे जीवन यात्रा दुई वर्षको उमेरमै सुरु हुन्छ। बुङ्गल नगरपालिका–७ को सुंगरीखाली जंगलमा बाजे–बजैसँग खर्क बसाइँपश्चात् उनकाे बाल्यकाल बित्यो। तीन वर्ष जंगलमै बिताएपछि विद्यालय जीवन सुरुवात भयो।
विस्फोटले चकनाचुर बनाएको बाल्यकाल
२०६६ साल जेठ २९ गते कक्षा ३ मा अध्ययनरत बोहराको जीवनले अप्रत्याशित मोड लियो। विद्यालयबाट घर फर्कने क्रममा साथीहरूसँग खेल्दा भेटिएको वस्तु बम भएको थाहा नपाउँदा विस्फोट भयो। घटनामा एक सहपाठीको ज्यान गयो भने बोहरा स्वयं घाइते समेत हुन पुग्याे।
माओवादी १० बर्ष शसस्त्र जनयुद्धमा बाटोमा छोडिएको विस्फोटकले निर्दोष बालबालिकाको जीवनमा गहिरो घाउ छोडेको त्यो घटना आज पनि उनको स्मृतिमा ताजा छ।
आमाको जीवन र मेरो दोस्रो जन्म
२०६८ सालतिर, कक्षा ५ मा पढ्दै गर्दा उनकी आमा गम्भीर बिरामी हुनुभयो। गाउँलेहरूको सहयोग र भुमिराज देवता तथा भगवानको आशिषले कोहलपुर अस्पतालमा उपचार सफल भयो। आज म “आमा” भन्न पाउँदा आफूलाई भाग्यमानी ठान्छु।
२०७० सालमा म आफैँ पनि गम्भीर बिरामी परेँ। राति १२ बजे गाउँलेहरूले मलाई बोकेर सडकसम्म पुर्‍याए र धनगढीको सेती अञ्चल अस्पताल लगियो। एक हप्ता अस्पताल बसाइँपछि म निको भएर घर फर्किएँ। त्यो मेरो जीवनको अर्को पुनर्जन्म जस्तै भएकाे उहाँले सुनाउनु हुन्छ ।

उनी भन्नू हुन्छ मानिसकाे जीवन अमुल्य छ झन शिक्षा बिना मानिसकाे जीवन अपुर्ण छ । तसर्थ उनले बिस. २०७५ सालमा एसइई दिएपछि गणित विषयमा असफल भएपछि  भारत पुगेर काम गरिरहेका बोहराले पुनः परीक्षा दिएर सफलता हासिल गरेपछि उनकाे जीवनले नयाँ माेड लियाे । आफ्नाे  सिभिल इन्जिनियर बनेर राष्ट्रकाे सेवा गर्ने सपना बुनेका  कमजोर आर्थिक अवस्था तथा उनकाे बिरामी भएपछि  उनकाे सपना तुहिइयाे ।

उच्च शिक्षा हासिल गरेका राष्ट्रका खम्बाहरु विदेश पलायन भइरहेकाे नेपाल जस्ताे अल्पविकसित मुलुकमा अहिले सबै भन्दा ठूलाे समस्या बनेकाे छ बिदेश पलायन । उनी स्वय्म विदेश जाने तरखरमा देशकाे राजधानी काठमाडौं पुगेर भिसाको प्रक्रिया अघि  बढाउन बाध्य भयाे । तर त्यसैबीच परिवारको दबाबका कारण चाडै  विवाह गर्न बाध्य भयाे । त्यसपछि सुरु भयो उनकाे जीवनको अर्को अध्याय !
रेडियोतर्फ मोडिएको जीवन
२०७६ सालमा दार्चुलाबाट रेडियो निगरानीको सूचना सुनेपछि उनले पत्रकारिताको तालिम लिए। त्यही समय साउदी जाने टिकट फिक्स भए पनि कोरोना महामारीका कारण लकडाउन सुरु भयो र विदेश जाने सपना टुट्यो। त्यसपछि भारतको ब्याङ्लोर पुगेर काम गरे पनि मन भने बुङ्गलमै रेडियो स्थापना गर्ने कल्पनामा अडिग रह्यो।
पत्रकारिता तालिम पश्चात् दुरदराज गाउँकाे आवाज बनेर राष्ट्र सेवा गर्नुपर्छ भन्ने भावना पलाएपछि बुङ्गल एफ.एम.को स्थापना गर्न
बिस २०७९ सालपछि पत्रकार सुरेश धामीसँग सहकार्य गरेर  बुङ्गलमा आफ्नै रेडियो स्थापना गर्ने योजना अघि बढाएपछि
बिस २०८१ साउन २३ गते रातिदेखि बुङ्गल एफ.एम. ९८.३ मेगाहर्ज औपचारिक रूपमा प्रसारणमा आयो। दुर्गम क्षेत्रका आवाजलाई माइकसम्म पुर्‍याउने उनकाे सपना साकार भयो।
मानिसकाे जीवन दुखः पछि सुख र पछि दुखः आई रहन्छ कुमाले जीवनचक्र जस्तै  उनकाे  रेडियो स्थापनाको खुसी धेरै टिक्न सकेन। बीस २०८१ मंसिरमा जीवनसाथीले दुई वर्षको छोरा छोडेर हिँडिन्। त्यसपछि घर, सन्तान र रेडियो—सबैको जिम्मेवारी एक्लै सम्हाल्नु पर्‍यो। उनले पुनः विवाह पनि त्यति सुखपुर्वक बाच्न दिएन बिसं २०८१ चैत १३ गते बहिनी माटोको ढिस्कोमा घाइते हुन पुगिन्    लामो उपचारपछि उनकी बहिनीले नयाँ जीवन पाइन् ।
त्यसैगरि यसैवर्ष मंसिर ५ गते रोजगारीकाे शिलशिलामा भारत जाँदै गर्दा उनका पिताजीकाे सडक दुर्घटनामा गुमाउनु परियाे ।
अहिले उनकाे जीवन संघर्षमै अडिएको जस्तै जीवन भएकाे छ ।
घरपरिवारको सम्पूर्ण जिम्मेवारी र रेडियो स्टेशनको नेतृत्व सम्हाल्दै अघि बढिरहेकाे छ । उनका लागि रेडियो केवल पेशा मात्रै हाेइन  पीडा भुलेर समाजकाे आफू आवाज बनेर नेपाल आमाकाे सेवामै रमाउन पाउँदा आफुलाई धन्य ठानेका छन् । जे जस्ताे सुकै दुखः आपातबिपत्त परेपनि हामीले शुभकर्म गरेर स्वदेशी कर्मवीर हुनुपर्नेमा उनी जाेड दिनुहुन्छ ।  उनकाे जीवनी अहिले सबैका लागि प्रेरणाकाे स्राेत बनेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here