काठमाडौं । लक्ष्मी बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ। बैंकले महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा काउन्टर स्थापना गरेका हो। बैंकले १४२ शाखा, १३ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७६ एटिएम, २५ सयभन्दा बढी रेमिट्यान्स एजेन्ट तथा ६३ शाखा रहित बैंकिङमार्फत वित्तीय सेवा दिइरहेको छ।

















