अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए

65

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।

बजेट निमार्णका क्रममा आफूले गल्ती नगरेको उनको दाबी थियो । उनले छानबिन समितिलाई अफ्नो तर्फबाट सहयोग गर्ने बताए । छानबिनका लागि मार्गप्रशस्त गर्दै राजीनामा दिएकाे उनको भनाइ छ ।

शर्मामाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ । साथै अनधिकृत व्यक्ति प्रवेश गरेको प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि उनीमाथि आरोप लागेको छ ।

आजै एमालेको माग बमोजिम अर्थमन्त्री शर्मामाथि छानविन गर्न ११ सदस्यीय छानविन समिति गठन भएको थियो ।

संसदीय छानविन विशेष समितिमा विभिन्न दलका तर्फबाट रहेका सांसदहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला बिक, लक्ष्ममणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सरला कुमारी यादव, सीताराम महतो र सुरेन्द्र प्रसाद यादव रहेका छन् । समितिलाई १० दिनको समय दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here