काठमाडौं । झापाकाे बाह्रदर्शी गाउँपालिका-६ चारपाने राजगढ सडकस्थित जंगलमा प्र-१-०१- ००१ ख ३७४५ नम्बरको ट्रकमा अचानक वाईरिङको तार सर्ट भई शुक्रबार दिउँसो आगलागी हुँदा ट्रकको अगाडि ईन्जिनको भाग जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रौतहटकाे परोहा नगरपालिका-५ नगनगराटोल बस्ने प्रभु साहको घरमा शुक्रबार दिउँसो आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा समेत जलेर करिब ५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । साथै उक्त आगो फैलिएर नजिकै रहेको ४ जनाको घरमा समेत आगलागी हुँदा करिब ३ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरी, स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















