छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

62

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ सोल्टी मोडमा प्र.३.०२-००७ प ९१९४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक मकवानपुर चित्लाङ घर भएका २७ वर्षीय बुद्द गोलेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

संखुवासभा, चैनपुर नगरपालिका-१० दुमकटास्थित सडकमा मलामी बोकी फर्कने क्रममा को.२ त ३९६१ नम्बरको ट्याक्टर शुक्रबार दिउँसो दुर्घटना हुदाँ ट्याक्टरमा सवार चैनपुर नगरपालिका-१० बस्ने २४ वर्षीय गंगा बहादुर तामाङ सहित ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ सहित २ जनाको मनकामना अस्पताल तुम्लिङटार र १ जनाको न्यूरो अस्पताल विराटनगर उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवारमध्ये ५ जनाको मनकामना अस्पताल तुम्लिङटार, ८ जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ भने ८ जनालाई थप उपचारको लागि धरान घोपा पठाइएको छ । साथै दुर्घटनामा घाइते भएका १८ जना उपचार पश्चात डिस्चार्ज भएका छन् । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषा, मिथिला नगरपालिका-२ नक्टाझीझस्थित सडकमा प्र.२-०२-००३ प ९५८९ नम्बरको स्कुटर आफै अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक महोत्तरी बर्दिवास बस्ने ४३ वर्षीय खडक प्रसाद शर्माको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो । मोरङ, विराटनगर महानगरपालिका-१३ रोड शेषस्थित सडकमा डब्लुबी २३ बी ४९६१ नम्बरको ट्रकको ठक्करबाट साईकलयात्री सुनसरी बर्जु गाउँपालिका-२ अमडुवा फारम बस्ने ४५ वर्षीय सनेन्दर रायको शुक्रबार साँझ मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी, रामधुनी नगरपालिका-६ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट ईनर्वा नगरपालिका-३ बस्ने ५० वर्षीय हरि प्रसाद आचार्यको गएराति घट्नास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । रौतहट, कटहरिया नगरपालिका-४ हर्षाहास्थित सडकमा हर्षाहाबाट कटहरियातर्फ जाँदै गरेको ना.४ त ४१४२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा चालक गरुडा नगरपालिका-६ पोठियाही बस्ने २५ वर्षीय सैफुल्ला मियाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here