सार्वजनिक गाडीको भाडादर बढ्याे

105

काठमाडौं ।  सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडादर बढेको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तरप्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडादर बढेको जनाएको हो।

विभागका अनुसार यात्रुवाहक गाडीमा १.७९ प्रतिशतले भाडा बढेको छ।

यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २.६ प्रतिशतले भाडादर समायोजन भएको छ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here