काठमाडाैं । नेपाल सरकार शिक्षा विज्ञान तथा प्राविधिक मन्त्रालय पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेको कार्यालयमा सानोठिमिमा नै पुगी नेवाः र तामाङ समुदायले ऐछिक विषयको रुपमा भाषा समुह अलग्गै बनाउनु पर्ने माग गरेका छन् ।
कक्षा ८ र ९ मा ऐच्छिक विषयमा भाषा सहित कम्प्युटर, गणित राखेको अवस्थामा भाषा समुहको अलग्गै व्यवस्था गर्न माग गरेका हुन । महानर्दिशक न्यौपानेले सो कार्य आफ्नो तर्फवाट अर्थात पाठ्यक्रम विकास केन्द्रवाट गर्न नससकिने बताउदै यसका लागि मन्त्रिपरिषदबाट निर्णय गराउन सुझाव समेत दिनु भयो ।
मंगलवार नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङहरुको राष्ट्रिय संगवठन नेपाल तामाङ घेदुङको संयोजनमा महानिर्देशक न्यौपानेलाई भेट गरि मन्त्रालयको तर्फवाट पठाएको पत्र समेत हस्तान्तरण गरेको थियो । केहि दिन अघि मात्रै शिक्षामन्त्री देवेन्द्र पौडेललाई ज्ञापन पत्र दिदै भाषाको विषय ऐच्छिकको रुपमा छुट्टै समुह बनाउनु पर्ने र भाषासंग विषय कम्प्युटर, गणित विषय राख्न नहुने भनी माग गरेको थियो । सो विषयमा मन्त्रीले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकलाई भेट गरि सल्लाह गर्नु भनी सुझा दिनुका साथै सो पत्रमा तोक आदेश गरि पाठ्यक्रम विकास केन्द्रमा पठाएको थियो । सोहि पत्र बोकी नेवाः र तामाङ समुदायका प्रतिनिधि मंगलवार असार २८ गते पाठ्यक्रम विकास केन्द्रमा पुगेका थिए ।
महानिर्देशकलाई भेट्न र सो पत्र दिनका लागि नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जन, सचिव हरिबहादुर श्रेष्ठ, नेवाः देय् दबू भक्तपुर जिल्लाका अध्यक्ष नरेश नेवाः, सचिव जीवनपति श्रेष्ठ, नेवाः देय् दबू मध्यपुर थिमि नगर समितिका अध्यक्ष बाबुकाजि साछेँ श्रेष्ठ,नेवाः शिक्षा गुथिका संयोजक विष्णु चित्रकार, विद्या चित्रकार, नेवाः वस्ती नेवाः स्कूल अभियान दिपक तुलाधर, नेवाः जागरण मञ्चया अध्क्ष सुजीव बज्राचार्य, नेपाल तामाङ घेदुङका उपमहासचिव जगत दोङ, सचिव विना तामाङ साथै घेदुङका विभिन्न प्रतिनिधिहरु सहभागी भएका थिए ।


















