तराई–मधेसमा दैनिक गर्मी बढ्यो

48

काठमाडौं । दुई वर्षअघि गठन भएको जनता समाजवादी पार्टी दोस्रो विभाजनको सम्मुखमा पुगेको छ। पार्टीभित्रको आन्तरिक संघर्षको नेतृत्व गरेका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले छुट्टाछुट्टै बैठक आयोजना गर्दैछन्।

उपेन्द्र यादव पक्षले मंगलबार र बुधबार वीरगंजमा केन्द्रीय कार्यकारिणी समिति बोलाएका थिए। भट्टराईले पनि समानान्तर समयमा काठमाडौंको जडिबुटीमा केन्द्रीय समतिको विस्तारित बैठक बोलाएका छन्।

यादव र भट्टराईबीच पार्टी सञ्चालन प्रक्रियामा मतभेद रहँदै आएको छ। यादवले पार्टीका निर्णयमा एकलौटी शैली अपनाएको र पार्टीलाई क्षेत्रीय शैलीमा अगाडि बढाउन खोजेको आरोप भट्टराई पक्षको छ।

यादवले आफू पक्षको कार्यकारिणी समितिको बैठक राखेर मन्त्री हेरफेरको निर्णय गरेको र पछि कार्यान्वयन गरेपछि दुवै पक्षको दुरी बढेको थियो।

त्यसपछि केही दिनअघि दुवै नेताले आपसी छलफल गरी सहमतिमै छुट्टिने समझदारी गरेको बताइएको थियो। यादवलाई अशोक राई पक्षले पनि साथ दिएको छ।

भट्टराई पक्षको मंगलबारको विस्तारित बैठकमा महेन्द्र राय यादव लगायतका शीर्ष नेता सहभागी छन्। समानान्तर बैठकले पार्टी विभाजनलाई औपचारिकता दिने नेताहरुको भनाइ छ।

यादव पक्षले भट्टराई पक्षको बैठकलाई अनधिकृत भनेका छन्। गत शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनाधिकृतरुपमा सोही दिन जसपा नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनी भ्रम फैलाइरहेको बुझिन आएको, तर त्यो बैठक पार्टीको आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here