राजीनामा दिने एआइजी पोखरेलको तयारी

133

काठमाडौं- नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले राजीनामा दिने तयारी गरेका छन्।

धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयबिरुद्ध सर्वोच्चमा पोखरेलले हालेको रिट शुक्रबार खारेज भएसँगै उनले राजीनामा दिने तयारी गरेका हुन्।उनले अर्को साताको सुरुमै राजीनामा दिनसक्ने उनीनिकट स्रोतले जानकारी दिएको छ।

सरकारले सिंहलाई प्रहरी महानिरीक्षक बनाएसँगै बिदामा बसेका पोखरेल त्यसयता कार्यालय गएका छैनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here