महिला युरोकपमा जर्मनीको शानदार जित

92

एजेन्सी । महिला युरोकपअन्तर्गत गएरातिको खेलमा जर्मनीले सहज जित हात पारेको छ । उसले समूह ‘बी’ को खेलमा फिनल्याण्डमाथि ३–० गोल अन्तरको सहज जित हात पारेको हो ।

स्टेडियम एमकेमा खेलको ४० औं  मिनेटमा सोफिया क्लेनहर्नको  गोलमार्फत जर्मनीले अग्रता लिएयो । ४८ औं अलेक्जान्ड्रा पोपले टोलीको अग्रता दोब्बर बनाइन् ।

६३ औं मिनेटमा निकोल एनोमीले गोल गरेपछि जर्मनीले ३–० को सहज जित निकाल्यो । योसँगै जर्मनी शतप्रतिशत जितका साथ तीन खेलमा नौ अंकका साथ समूह विजेताका रूपमा क्वार्टरफाइनल प्रवेश गरेको छ ।

तीनै खेलमा पराजित फिनल्याण्ड बिना अंक पुछारमा रहेर बाहिरियो । यही समूहको अर्को खेलमा स्पेनले डेनमार्कमाथि १–० को कठिन जित हात पार्‍यो ।

ब्रेन्टफोर्ड कम्युनिटी स्टेडियममा खेलको  ९० औं मिनेटमा मार्टा कार्डोनाले गरेको एक मात्र गोल स्पेनलाई जित दिलाउन पर्याप्त बन्यो ।

जितसँगै तीन खेलमा ६ अंक जोडेको स्पेन समूह उप विजेताको रूपमा क्वार्टरफाइनल प्रवेश गर्दा समान खेलबाट तीन अंकका साथ डेनमार्क तेस्रो स्थानमा रहँदै बाहिरिएको छ ।

क्वार्टरफाइनलमा जर्मनीले अस्ट्रिया तथा स्पेनले इंग्ल्याण्डको सामना गर्नेछन्  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here