तीन निजी अस्पतालले स्वास्थ्य बीमा उपचार कार्यक्रम बन्द गर्ने

102
काठमाडौं । प्रदेश १ का ठुला तीन निजी अस्पतालले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा उपचार कार्यक्रमलाई बन्द गर्ने भएका छन ।

नोबेल शिक्षण अस्पताल विराटनगर, विराट शिक्षण अस्पताल बूढीगंगा र बीएण्डसी अस्पताल झापा बिर्तामोडले आईतबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै स्वास्थ्य बीमा उपचार कार्यक्रम सेवा बन्द गरिएको जानकारी गराएका छन ।

आइतवार तीनवटै अस्पतालले मध्यरात १२ बजेबाट लागू हुने गरी स्वास्थ्य बीमा कार्यक्रमको उपचार सेवा बन्द गर्ने जनाएका हुन्। स्वास्थ्य बीमा बोर्डले बिरामीको उपचार गर्दाको रकम महिनौँसम्म भुक्तानी नगरेपछि अस्पतालले सो सेवा बन्द गर्ने जनाएका छन्।

तीनवटै अस्पताल प्रशासनका अनुसार स्वास्थ्य बीमा उपचारका क्रममा सरकारले अस्पताललाई करिब १ अर्ब ४५ करोड रकम भुक्तानी गर्नुपर्ने छ।



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here