नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घट्याे

60

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य घटेको छ ।

हिजो अर्थात सोमबार नेपाली बजारमा प्रतितोला ९३ हजार ८०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज (मंगलबार) तोलामा २०० रुपैंयाले घटेर प्रतितोला ९३ हजार ८०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य ९३ हजार ३०० रुपैंया कायम भएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैंयाले घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार १६५ रुपैंया रहेकोमा तोलामा ५ रुपैंयाले घटेर १ हजार १६० रुपैंया कायम भएको महासंघले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here