नेपाल स्टक एक्सचेञ्जमा नेप्से ४.८९ अंकको सुधार

167

काठमाडौं  ।   बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४.८९ अंकको सुधार आएको छ । नेप्सेमा सामान्य अंकको वृद्धि आएसँगै परिसूचक २०५० अंकमा पुगेर बन्द भएको छ । कारोबार सुरू हुँदा बढेर सुरू भएपनि १ बजेयता केही घट्दै सामान्य अंक बढेर बन्द भएको हो ।

यसक्रममा आज एक अर्ब ७३ करोड १८ लाख रुपैयाँ बराबरको ४१ लाख ३३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक ०.२४ प्रतिशतले बढ्दा कारोबारमा आएका १३ मध्ये ८ समूहमा सुधार आएको छ । आज उत्पादनमूलक समूहमा ६३ अंकको सुधार आउँदा निर्जीवन बीमा समूहमा ५६ अंकको सुधार आएको छ ।

यस्तै, वित्त समूहमा ३१ अंकको सुधार आउँदा अन्य समूहमा १७ अंकको सुधार आएको छ । यस्तै, आज विकास बैंक लघुवित्त, लगानी, म्युचुअल फण्ड समूहमा समेत सुधार आएको छ ।

यसबाहेक, आज जीवन बीमा समूह २८ अंकले घटेको छ । यस्तै, व्यापार र जलविद्युत समूहमा समान १२÷१२ अंकको गिरावट आउँदा होटल एण्ड टुरिजम समूहमा ९ अंकको गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here