काठमाडाैं । श्री इन्भेष्टमेन्ट फाइनान्सका एक संस्थापक सेयरधनी वसन्त प्रसाद जोशीले आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेका छन् । तर यसको बिक्री मूल्य भने सार्वजनिक गरिएको छैन |
इच्छुक संस्थापक सेयरधनीले अबको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, डिल्लीबजार, काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।