कीर्तिपुरमा नेपालभाषा र तामाङ भाषालाई लागू गर्नुपर्ने माग गर्दै प्रदर्शन

121
काठमाडाैं । भाषायाका लागि कीर्तिपुरमा प्रदर्शन भाषा आयोगको सिफारिस अनुसार वागमती प्रदेशमा सरकारी कामकाजी भाषा नेपालभाषा र तामाङ भाषालाई लागू गर्नुपर्ने माग गर्दै नेवाः देय् दबू कीर्तिपुर नगर समितिको आयोजनामा साउन ४ गते बुधवारका दिनमा कीर्तिपुरमा प्रदर्शन गरेको छ । कीर्तिपुरको लोकतान्त्रिक चोकमा भेलाभई सो प्रदर्शन शुरु गरेको हो ।
प्रदर्शनमा नेवाः देय् दबू किपू नगर समितिका अध्यक्ष बुद्धिलाल ज्यापु, किपू नगर समितिका सल्लाहकार उज्जल महर्जन, काठमाण्डौ जिल्ला समितिका उपाध्यक्ष रामभोला महर्जन, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका सदस्य अधिवक्ता नरेश श्रेष्ठले भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तमाङ भाषालाई वागमती प्रदेशमा सरकारी कामकाजि भाषाको रुपमा कार्यान्वयन गर्न माग गर्नु भयो । त्यसपछि भएकाले जुलुस कीर्तिपुर नयाँबजार परिक्रमा गरेको थियो । जुलुस तःगःवपिमा पुगेपछि सभामा परिणत भएको थियो । ।
सभामा प्रमुख वक्ता नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जले साउन ५ गतेदेखि वागमती प्रदेश संसदको अधिवेशन हुन गइरहेको कारण सांसद र संसदलाई दबाव दिन यो प्रदर्शन ठिक समयमा ठिक कार्यक्रम भएको बताउनु भयो । उहाँले वागमती प्रदेशले भाषा आयोगको सिफारिस अनुसार नेपालभाषा र तामाङ भाषालाई सरकारी कामाजि भाषाको रुपमा लागू नगरेमा ठूलो आन्दोलन गर्न बाध्य हुने चेतावनी दिनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here