बुटवलमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान

74
रुपन्देही । बुटवलमा रहेको विपि कोइराला अध्ययन प्रतिष्ठानले विपि कोइरालाको ४०औं स्थापना दिवसको अवसरमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले आफूले बहुमत नभएका कारण आफूले घोषणा गरेका धेरै कुरामा सजिलैसँग काम गर्न नपाएको बताए ।

भ्रष्ट्राचार नगर्ने र भ्रष्ट्राचारी तत्काल कारबाही गर्नेसमेत उनले बताए । आफ्नो घरको रङसमेत आफूले चाहेको लगाउन नपाउने कस्तो कानुन बनाएको, सबैलाई एउटै रङ मन नपर्न पनि सक्छ त्यसैले घरका छोरा छोरीले भनेको रङ लगाउनु पर्छ अब नगरको कुरा सुन्ने कि छोरा छोरी कुरा सुन्ने तिलोत्तमाका जनतालाई गाह्रो परेको छ, हामीले करको मापदण्ड घटाउन खोजेका थियौं बहुमतका कारण पछि परेका छौं ।

सैनामैना नगरपालिका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले जनताको प्रथामिकता अनुसार काम गर्न जरुरी रहेको बताएका छन् ।  कार्यक्रम विपि कोइराला अध्ययन प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here