कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता

208
कीर्तिपुर उद्योग बाणिज्य संघले व्यवसायीहरुको क्षमता अभिबृद्धिमा देखायो सक्रियता कीर्तिपुर उद्योग बाणिज्य सँघले व्यवसायीहरुको सँस्थागत क्षमता अभिबृद्धिका लागि २ दिने अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ ।
सँस्थालाई व्यवस्थीत बनाउन, व्यवसायलाई विस्तार गर्ने लगायतका विषयहरुमा कार्यक्रम सञ्चालन भएको थियो । धुलिखेलमा आयोजित कार्यक्रममा, नेपाल उद्योग बाणिज्य महासँघका उपाध्यक्ष दिनेश श्रेष्ठले उद्योग बाणिज्य संघ व्यवसायीसाथीहरुको क्षमता अभिबृद्धिका लागी हरेक तरिकाले साथ दिने सँस्था भएकाले सँस्थागत विकासका साथै व्यवसायको विकासका निम्ती पनि यस्ता कार्यक्रमहरु आवश्यक रहने बताउनुभएको थियो । प्रमुख अतिथी श्रेष्ठले, व्यवसायी जगतको हितका निम्ती राज्य सँग सहकार्यका साथै खवरदारी गर्ने हैसियतमा नेपाल उद्योग बाणिज्य सँग पुगेको भन्दै, समग्र व्यवसायी साथीहरुको आवाजको रुपमा आफ्ना क्रियाकलापहरु लक्षित रहने बताउनुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल उद्योगबाणिज्य महासँघ बागमती प्रदेश उपाध्यक्ष दुर्गाराज श्रेष्ठले व्यवसायीसाथीहरुका समस्याहरुलाई समाधान गर्ने मन्चका रुपमा जिल्ला एवं नगर समितीहरु प्नि सक्रिय बन्दै जानुपर्ने कुरा औल्याउनुभएको थियो । कार्यक्रममा धुलिखेल उद्योग बाणिज्य सँघका अध्यक्ष मन्जु कुमार कोजुले आगामी दिनमा कीर्तिपुर उद्योग बाणिज्य सँग सहकार्य गरेर अगाडी वढ्न तयार रहेको बताउनुभएको थियो । २ दिन सम्म चलेको कार्यक्रममा, चन्द्रागिरी उद्योग बाणिज्य संघ, ललितपुर उद्योग बाणिज्य संघ,काभ्रे उद्योग बाणिज्य सँघका अध्यक्षहरुको समेत सहभागीता रहेको थियो । अभिमुखिकरण कार्यक्रममा प्रमुख प्रशिक्षक विनय मर्हजनले व्यवसायीहरुको क्षमता अभिबृद्धिका लागी प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा कीर्तिपुरका व्यवसायीहरु, विभिन्न बाणिज्य सँघका प्रतिनिधीहरु गरि ३ दर्जन व्यक्तिहरुको सहभागीता रहेको थियो ।
साे सम्पूर्ण कार्यक्रमकाे अध्यक्षता संघका संस्थापक अध्यक्ष राज्यलक्ष्मी शाक्य ज्युले गर्नु भयकाे थियाे। साथै कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुकने सकृय सहभागीता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here