अनेरास्ववियु कप फुटसल प्रतियोगिताकाे विजेताले ७५ हजार पाउने

259

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काठमाडौँ भुगोल जिल्ला कमिटी र महानगर कमिटीको संयुक्त आयोजनामा फुटसल प्रतियोगिता हुने भएको छ ।

साे प्रतियोगिता साउन २५,२६,२७ र २८ गते अन्तर कलेज स्तरीय अनेरास्ववियु कप फुटसल हुने भएको हो ।

प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीहरुले सहभागिता जनाउन पाउनेछन् । विजेतालाई ७५ हजार राशीको पुरस्कार राखिएको भुगोल जिल्ला कमिटीका अध्यक्ष रवि मगरले जनाए ।  त्यस्तै, उपविजेतालाई ५० हजार रुपैँया र तेश्रो हुनेलाई २५ हजार राशीको पुरस्कार राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here