उनले राज्यका सबै निकाय आफ्नो सीमामा बस्नुपर्ने बताउँदै निजगढ विमानस्थल होस वा पूर्वी चतरा सरकारले बजेट विनियोजन गरेर गरिरहेको विकास आयोजनामा अवरोध गर्दै आएको बताए । यस्तै सांसद सुनुवारले ओखलढुङ्गा साँघुटार सडक आयोजना प्रधानमन्त्री निकट ठेकेदारले काम गरिरहे पनि काम अलपत्र पारेको बताए ।
सदरमुकाम आवतजावत गर्ने सडक खुलाउन आग्रह गरेपनि सडक विभागले नसुनेको उनको गुनासो थियो । सडक विभागले काँग्रेस कार्यकर्तालाई गाडीमा राखेर नाम मात्रको अनुगमन गर्ने गरेको र त्यसबारे स्थानीय जनप्रतिनिधिलाई पनि जानकारी नहुने गरेको बताए । उनले त्यसरी सडक अनुगमन हुने हो भने कार्यालयमा चारतारे झण्डा राखेर काम गर्न सडक विभागका पदाधिकारीहरूलाई व्यङ्ग्य गरे ।

















