माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन

94

काठमाडाैं । नागरिकता संशोधन विधेयक फिर्ताको माग गर्दै स्वतन्त्र युवाहरूको समूहले प्रदर्शन गरेको छ ।

बुधबार बिहान स्वतन्त्र युवाको समूहले माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरुले सकेन बा सकेन विदेशी दलालीसँग सकेन, आयो आयो सस्तोमा नागरिकता आयो मात्र सय ३ वटा, ए हजुर कता सस्तोमा नागरिकता यता लगायतको प्लेकार्ड बोकेका थिए ।

ठेलागाडामा राखेर नागरिकता बेच्न खोजिएको, राष्ट्रलाई दूरगामी असर पार्न खोजिएको लगायतका आशंका उनीहरुले गरेका छन् । व्यङ्ग्यात्मक प्रदर्शनसमेत गरेका युवाहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्टुनसमेत प्रदर्शन गर्दै सस्तोमा नागरिकता आयो सयमा तीन भनेर प्लेकार्ड बोकेका थिए ।

त्यसैगरी विधेयकमा महिलामाथि विभेद गरिएको उनीहरुको आरोप छ । प्रतिनिधिसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित भएपछि देशभर विरोध भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here