एकैदिन ५ सय ६४ जनामा कोरोना संक्रमित थपिदा एककाे निधन

70

दुई हजार सात सय ७८ पिसीआर परीक्षणमा चार सय १८ र एक हजार छ सय ७६ एन्टिजेन परीक्षणमा एक सय ४६ जनामा संक्रमण देखिएको हो । आज थप दुई सय दुई जना कोरोना संक्रमित निको भएका छन् । कोरोना संक्रमणका कारण एक जनाको ज्यान गएको छ ।

हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार नौ सय २९ पुगेको छ । आज काठमाडौंमा दुई सय १८ भक्तपुरमा १७ र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन् । पछिल्लो ११ दिनमा संक्रमणका कारण सात जनाको निधन भएको छ । तीमध्ये छ जनाले कोरोनविरुद्धको खोप लगाएका थिएनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here