वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीतमा आराध्य नाथ प्याकुरेलले पहिलोपटक आफ्नो सुमधुर गायन सार्वजनिक गरेका छन् । नेपाली सुगम सङ्गीतका मानक गीतकार कालीप्रसाद रिजालले आराध्यको स्वर सुनेपछि उनको स्वरमा गायनमा अगाडि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर यो गीत गाउने स्वीकृति दिएका हुन् । समकालीन पुस्ताका लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले पनि आराध्याको स्वर सुनेपछि केही नेपाल आधुनिक सुगम सङ्गीतमा सुमधुर स्वरको आगम भएको महसुस गर्दै यो गीतमा सङ्गीत भारिदिएका हुन् । अडियोमा राजु कार्कीको अरेन्ज, अजय सिंह कार्कीको रेकर्डिङ र प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको गीतमा भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका छन् । गोल्डेन क्रियशनको युटुवच्यानलबाट स्टुडियो भिडियोसहितको गीत सार्वजनिक गरिएको छ ।

















