नेपाल पर्यटन बोर्डको अध्यक्ष महेश्वर न्यौपाने, कोरिया अल्पाइन महासंघका अध्यक्ष डा सुन जङ हुले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। समझदारीपत्रमा दुवै देशको पर्यटन प्रवर्द्धनका लागि आपसी सहयोग र सहकार्य विस्तार गर्ने लक्ष्य राखिएको छ।
उनले नेपालमा खेलकुद उत्पादनको स्तरोन्नति र विकासका लागि लगानीका साथै योगदान पु¥याउन पनि इच्छुक रहेको समेत जनाए ।
सो अवसरमा केही दिनमै मुस्ताङमा पदयात्राका लागि आउन लागेका कोरियाका युवा ट्रेकर्सको समुहलाई नेपालको बारेमा जानकारी गराई अन्य युवा सहभागीहरुलाई नेपालको प्रकृति र संस्कृतिमा आधारित विभिन्न गतिविधिको अनुभव गर्न प्रोत्साहित गरिएको थियो ।
यस्तै सोही अवसरमा नेपाली प्रतिनिधिमण्डलले ग्रान्डस्लाम कीर्तिमान राख्ने पर्वतारोही, अन्नपूर्ण हिमालमा आफ्नो ज्यान गुमाएका पार्क यङ–सियोकको नाममा रहेको ऐतिहासिक स्पोर्टस् स्कूल कम म्युजियमको पनि भ्रमण गरेका थिए ।
पार्कले सबै १४ वटा आठ हजार, प्रत्येक महाद्वीप र उत्तर र दक्षिण ध्रुवबाट सबैभन्दा अग्लो चुचुरो आरोहण गर्ने नयाँ रेकर्ड बनाएका थिए । माउन्ट अन्नपूर्ण हिमाल जस्तै देखिने गरी डिजाइन गरिएको संग्रहालयमा पर्वतारोहण गियर्स पार्क प्रयोग गरिएको छ र नेपाललाई सबैभन्दा गहिरो रूपमा हाइलाइट गर्ने व्यापक चित्र र भिडियोहरू रहेका छन् ।
कोरियाका सरकार, विभिन्न संघसंस्था र जनताको व्यापक सहयोगमा सङ्ग्रहालय सञ्चालन गर्दै आएकी पार्ककी श्रीमतिले नेपालप्रति आफ्नो लगाव प्रकट गर्दै आफू र आफ्नो सम्पूर्ण टोलीले सक्दो माध्यमबाट नेपालको प्रवद्र्धनका लागि प्रयासरत रहेको जनाए ।

















