बढ्दो महँगीविरुद्ध राप्रपाकाे आन्दोलन

180

 बुधबार काठमाडौंमा बढ्दो महँगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो।

बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनले राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको हो।

काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुरलगायत मुख्य सहरमा विरोध प्रदर्शन गरेको राप्रपाले जनाएको छ।

विरोध प्रदर्शनपछि सञ्चारकर्मीसँग बोल्दै राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनकी अध्यक्ष एवं राप्रपा नेत्री अञ्जना रावलले मागको सम्बन्धमा सरकारले कुनै चासो नदेखाएपछि दोस्रो चरणको आन्दोलन बुधबारबाट सुरु गरेको बताउनुभयो।

राप्रपाले पछिल्लो समय महँगी र भ्रष्टाचारविरूद्ध सडकमा आन्दोलन गर्दै आएको छ। राप्रपाले महंगीलाई नियन्त्रण गरेर जनतालाई राहत पुर्‍याउन सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here