यस्ताे छ सुनचाँदीकाे काराेबार

50

काठमाडौं  । आज सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

हिजो आइतबार प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार प्रतितोला ९५ हजार ४०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।   हिजो आइतबारको तुलनामा आज सोमबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।   हिजो आइतबार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर प्रतितोला १ हजार २२० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।  हिजो सुन र चाँदी दुवैको मूल्य बढेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here