काठमाडौं । आज नाग पञ्चमी बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गरेर मनाएकाे छ ।
घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास कायम रहेकाे छ ।
प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने गरिन्छ ।
नाग पञ्चमीको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मानिन्छ। यसदिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।
काठमाडौंको नक्सालस्थित नागपोखरी, ताैदह लगायत स्थानमा पनि बिहानैदेखि मानिसहरु दर्शन गर्न पुगेका थिए।


















