रत्न राज्यलक्ष्मी क्याम्पसका विद्यार्थीहरुको सांस्कृतिक भ्रमण

80

ललितपुर । ‘झीगु संस्कृती म्हसिका’ भन्ने मुल नाराका साथ कार्तिक २० गते सोमबार रत्न राज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर दोस्रो सेमेस्तरमा अध्ययनरत विद्यार्थीहरुको सांस्कृतिक भ्रमणका क्रममा खोकना (खोना), बुङ्ग,मच्छिन्द्र बहाल, ह्येग्रिव भैरव, मनकामना ,प्रथमपुर बिहार, कार्यबिनायक भ्रमण गर्दै अन्तिममा शिकाली माई भ्रमण पश्चात सम्पन्न गरेका थिए।

भ्रमण टोलीमा ललितपुर महानगरपालिका २२ नं वडा अध्यक्ष सागर तुलाधरले सम्पूर्ण भ्रमण टोलीलाई स्वागत गर्नुका साथै खुशी व्यक्त गरे।

वडा अध्यक्ष तुलाधरले आफ्नो वडाबाट नेपाल भाषा अध्ययन गर्ने दुई जना विद्यार्थी हरुलाई पुर्ण छात्रवृत्ति दिने र आफ्नो वडा भित्र रहेका मुर्त अमुर्त सम्पदा संस्कृतिको अध्ययन अनुसन्धान गर्नेहरुलाई दुई लाख सम्मको बजेट प्रदान गर्ने घोषण गरे।

भ्रमण सहज कर्ता रुपमा खोकना निवासी देय् दबु राष्ट्रिय परिसद सदस्य शरण गोपाल डंगोल, अजिल तुलाधर ,कविराज बज्राचार्य ,रममान महर्जन । प्रा. डा चन्द्र मान बज्राचार्य ,डा. बज्रमुनी बज्राचार्य सहप्राध्यापक सुनिता राजराजभन्डारी लगायतहरुले सहजकर्ताको भुमिका निभाएका थिए। भने व्यवस्थापकको भुमिका राजन डंगोलले निभाएका थिए।

भ्रमणको बीचबीचमा भ्रमण टोलीलाई मनोरन्जन गर्नको लागि लोकवार्ता, लोकभाका, नृत्य जस्ता संक्षिप्त कार्यक्रम गर्दै सांस्कृतिक भ्रमण कार्यक्रम अविस्मरणीय बनाएको भ्रमण टोलीको बुझाई रह्यो।
भ्रमण पश्चात् समिक्षामा सबै कुरा राम्रो रहेको आगामी दिनहरुमा तीनतीन महिनामा यस्तो कार्यक्रम आयोजना गर्दैलाने सहमतिका साथ कार्यक्रम शिकाली माई मन्दिरमा समापन गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here