काठमाडौं । साताको कारोबारको तेस्रो दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । आइतबार घटेर १९ सयको विन्दुमा पुगेको नेप्से परिसूचक कारोबारको तेस्रो दिन पुनः २ हजारको विन्दुमा उक्लिएको छ ।
आज ९ दशमलव ३४ अंकले बढेको नेप्से परिसूचक २००१ दशमलव ६४ को विन्दुमा पुगेको छ । मंगलबार ३०८ कम्पनीका ४० हजार ९ सय ५१ पटकको कारोबारमा ५२ लाख ३९ लाख ४ सय १६ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम भने १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५ सय २६ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ११ अंकले बढेर ३५७ दशमलव ०९ को विन्दुमा पुगेको छ ।
आज सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार हुनेमा कर्पोरेट डिभेन्चर क्षेत्र रहेको छ ।


















