फाेनिजले नेपाल पत्रकार महासंघलाई गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटम

49

हेटौंडा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले नेपाल पत्रकार महासंघलाई आफ्नो गलत इतिहास सच्याउन ७ दिने अल्टिमेटम दिएको छ। नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको भन्दै फोनिज मकवानपुरका अध्यक्ष अशोक सुजन श्रेष्ठले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।

वि.सं. २०७९ सालमा श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्नका लागि माग गरिएको थियो। तर, अग्रजको योगदानलाई सम्मान गर्न महासंघ तयार नभएको भन्दै गलत इतिहासलाई प्रश्रय दिने महासंघको नीतिविरुद्ध आफूहरू निर्णायक आन्दोलनमा उत्रिएको जनाइएको छ।

अध्यक्ष श्रेष्ठले ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष कायम गर्न माग गरेका छन्। माग पूरा नभए महासंघ कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी समेत दिइएको छ। अल्टिमेटम पत्र जिल्ला शाखाको अध्यक्ष मणिराज गौतमलाई हस्तान्तरण गरिएको छ । शाखा अध्यक्ष मार्फत केन्द्रिय कार्यालयमा पुर्याउनु अनुरोध गरिएको छ ।

यस्तै फोनिज बागमती प्रदेश समितीले पत्रकार महासंघ बागमती प्रदेश समितिका महासचिव कृष्ण सारु मगरलाई पनि मागपत्र बुझाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here