स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी

22

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले स्व. भक्तराज आचार्य कालजयी गीत, संगीतको धनी भएको जनाएका छन्।

सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखेसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका उनले सबैका प्रिय र श्रद्धेय कलाकारलाई देशले गुमाएको जनाए। उनले स्व. आचार्य सधैँ अजर अमर भएर रहने जनाए।

उनले भने, ‘उहाँ कालजयी गीत, संगीतले धनी व्यक्ति हुनुहुन्थ्यो। उहाँ अत्यन्तै प्रिय, श्रद्धेय कलाकारलाई देशले आज गुमाएको छ।’

उनले स्व. आचार्यलाई नेपाल र नेपालीले सधैँ स्मरण गरिरहने जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here