अझै केही दिन चट्यांङ, हावाहुरी सहित वर्षाको संभावना

96

काठमाडौ, जल तथा मौषम पूर्वानुमान शाखाका अनुसार आज दिनभर आंशिक देखि सामान्य बदली रहने र केहि स्थानमा मेघ गर्जन सहित चट्यांङ, हावाहुरी सहित वर्षाको संभावना रहेको छ । पछिल्ला केही दिन यता मौसममा भइरहेको परिवर्तन अझै केही दिन रहने शाखाले जनाएको छ । आइतबार राती देश भरि आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ ।

त्यस्तै सोमबार देश भर आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ ।
मंगलबार पनि देश भर आंशिक देखि सामान्य बदली रही पुर्बी र मध्य भूभागका केहि स्थानहरुमा तथा पश्चिमी भूभागका एक दुइ स्थानहरुमा मेघ गर्जनर चट्यांग हावाहुरी सहित हल्का वर्षाको संभावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here