बनेपामा सीसीटीभी क्यामेरा बिग्रिँदा सुरक्षा व्यवस्था गर्न चुनौती

51

काभ्रे । जिल्लाको बनेपा बजारको मुख्य चोक तथा बजार क्षेत्रमा सुरक्षा व्यवस्था तथा निगरानीका लागि जडान गरिएको सीसीटीभी क्यामेरामा समस्या आउँदा प्रहरीलाई सुरक्षा व्यवस्थानमा समस्या आइपरेको छ ।

सुरक्षामा सहयोग पुर्‍याउन राखिएको सीसीटीभी क्यामेरा बिग्रिँदा सुरक्षा व्यवस्थामा चुनौती थपिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले बताए ।

बजार क्षेत्रमा सुरक्षा कायम गर्नका लागि बनेपा बजारको विभिन्न स्थानमा राखिएका ३८ वटा सीसीटीभी क्यामेरामध्ये हाल एउटा मात्रै प्रयोगमा आएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । २०७३ साल जेठ ५ गते काभ्रे उद्योग वाणिज्य संघको पहलमा बनेपाका विभिन्न स्थानमा २९ वटा सीसी क्यामेरा जडान गरिएको थियो ।

संघले जडान गरेका २९ वटा सीसी क्यामेरामध्ये ३ वटा सुरुआती समयमा बिग्रेर प्रयोगमा नआएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायव उपरीक्षक बोहोराले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here