अटेरी प्रमुख प्रशासकिय अधिकृत निलम्बित

232

काठमाडौं- गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमनकुमार कार्की निलम्बनमा परेका छन् । जेठ १ गते शैल्य शिखर नगरपालिका, दार्चुला सरुवा भएका कार्कीले त्यसको अवज्ञा गर्दै गौर नगरपालिकामै कामकाज जारी राखेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अटेर गरेको भन्दै शुक्रबार उनलाई निलम्बन गरेको हो ।

मन्त्रालयले कार्कीको सरुवा गर्दै सरोज कुमार लाल दासलाई जेठ १७ गते गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत तोकेर जेठ १७ गते पठाएको थियो । तर कार्कीले मन्त्रालयको निर्णयविपरीत आफूखुशी पवन महतोलाई निमितको जिम्मेवारी तोकेका थिए ।

पत्रमा भनिएको छ, ‘तपाईलाई मिति ०७६–२–१ मा शेल्यशिखर नगरपालिका दार्चुलामा कामकाज गर्न खटाइएकोमा उक्त कार्यालयमा हाजिर हुन नगएको, यस मन्त्रालयबाट तीन दिनभित्र खटाइएको कार्याालयमा हाजिर हुन लिखित रुपमा पत्रचार तथा मौखिक निर्देशन समेत भएकोमा सो को अवज्ञा गरी निजामती सेवा नियमावली २०५० को नियम १२४ बमोजिम २१ दिनको म्याद भित्र बरबुझारथ गरी खटाइएको कार्यालयमा बहाल गर्नु नभई तहाँ ररिरहेको तथा तपाई उपर यस मन्त्रालयमा विभिन्न उजुरी प्राप्त भई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१ को (घ) र(च) को अवस्था विद्यमान भई उक्त ऐनको दफा ६४ (१) को(क)र(ख) बमोजिम निलम्बन गर्ने अवस्था भएकोले निजामती सेवा ऐन, २०४९ को दफा ६४ (१) बमोजिमम सो अभियोगको जाँचबुझ गर्ने प्रयोजनको लागि ऐनको दफा ६४(३)बमोजिम २ महिनाको लागि तपाईलाई निलम्बन गरिएको छ ।)

निलम्बन पछि कार्कीले आईतबार बिहान जिल्ला छाडेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here