हुम्लामा बित्तीय संस्थाका काम गर्ने कर्मचारीको सुरक्षाको माग गर्दै ध्यानाकर्षण पत्र

32

सिमकोट । हुम्लामा बैङ्क तथा बित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गरेका छन्। बित्तीय संस्थाका काम गर्ने कर्मचारीको सुरक्षाको माग गर्दै नेपाल बित्तीय संस्था कर्मचारी सङ्घको आयोजनामा ध्यानाकर्षण पत्र बुझाएका हुन्।

सङ्घका जिल्ला अध्यक्ष लालबहादुर रोकायाले बैङ्क तथा बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभूती गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र पेश गरिएको बताए।

पछिल्लो समय जिल्ला र देशभर बित्तीय संस्थाका कर्मचारीहरुले कार्यालयमा काम गर्न असुरक्षाको महशुस गरिएको समयमा सङ्घले यो ध्यानकर्षण पत्र मार्फत सुरक्षा माग गरेको हो।

ध्यानाकर्षण पत्रमा भयरहित बाताबरणमा काम गर्ने अवस्था सृजना गर्न, कार्यस्थल एवं कर्मचारीहरुको पुर्ण सुरक्षाको ग्यारेन्टी गर्न, कानूनको उपहास गरि अराजक गतिबिधि गर्ने ब्यक्ति र समुहलाई तत्काल कारवाही गर्न माग गरिएको छ।

त्यसैगरि पत्रमा बित्तीय क्षेत्रका सम्पुर्ण कर्मचारीहरुको पेशागत हकहितको संरक्षण एवं बित्तिय क्षेत्रमा पारदर्सिता, सुशासन कायम तथा मर्यादित कामको सृजना गरि यस क्षेत्रको बिकास र स्थायित्व कार्य गर्न पनि माग गरिएको छ।

सो ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बित्तीय क्षेत्रका कर्मचारीको पुर्ण सुरक्षाको ग्यारेन्टि लिने बताउदै कतै घटना भए प्रहरी र स्थानीय प्रशासनलाई खबर गर्न आग्रह गरे।

उनले कर्मचारीलाई ढुक्क भएर सेवा प्रवाह गर्न समेत कर्मचारीलाई बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here