आफ्नै नातीको हत्या गर्ने अभियोगमा हजुरबुवा पक्राउ

16

बैतडी । आफ्नै नाती दुई वर्षीय रेशम साउँदको हत्या गरेको अभियोगमा पुर्चौडी नगरपालिका-६ मुरेलीधार बस्ने ५० वर्षीय गणेश साउँदलाई प्रहरीले पक्राउ गरेको छ ।  गणेशले रेशम र अर्का ८ वर्षीय नाती रिजन साउँदलाई कुटपिट गर्दा गम्भीर घाइते भएका रेशमको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएका छ।

घाइते रिजनलाई सोही अस्पताल हुँदै थप उपचारको लागि मायामेट्रो अस्पाताल धनगढी पठाइएको छ । घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय र अस्थाई प्रहरी पोष्ट टोल्यामोडबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न गणेशलाई बिहीबार पक्राउ गरेको हो।

हेरचाह गर्न हजुरबुवासँग छोडेर आमा र हजुरआमा घाँस काट्न गएको बेला साउदले नातीहरुलाई निर्घात कुटपीट गरेका थिए । आरोपित साउदको मानसिक अवस्था ठिक नभएको बुझिएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here