महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुपर्ने बेला भयाे : रवि

125

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आँखा अगाडि मृत्यु देखेर आएकाले आफू कसैसँग पनि नडराउने जनाएका छन् । मंगलबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश भेलालाई सम्बोधन गर्दै उनले यस्तो जनाएका हुन् ।

नेपालमा भरोसा गर्न लायक मान्छे नभएकाले आफू राजनीतिको फोहोर सफा गर्न  मैदानमा आएको उनले जनाए । उनले महलमा बसेर आराम गर्ने नेतृत्व फेर्नुको विकल्प नरहेको पनि जनाए । उनले भने, ‘अब सङ्कल्प गरेर राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । देशको भविष्य निर्धारण गर्न विधिको शासन आवश्यक हुन्छ ।

विधि मिच्नेहरूबाट देशको भविष्य खोज्न सकिँदैन।’ उनले नेताहरुले गरेको गल्तीको एक एक हिसाब खोज्नु पर्ने जनाए । उनले आफूहरुले कालिकोटमा अस्पताल बनाउँदा चरित्र हत्या गरिएको तर अहिले सयौं नागरिकले उपचार पाइरहेको समेत  जनाए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here